सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, बैशाख २७ गते साधारणसभा

Apr 22, 2019 Merolagani

सिभिल बैंक (CBL) को दुई आर्थिक बर्षको लाभांश सुरक्षित गर्ने बैशाख ९ गते सोमबार अन्तिम दिन रहेको छ । बैंकले बैशाख २७ गते शुक्रबार आह्वान गरेको सातौ र आठौ साधारण सभाबाट आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को लाभांश पारित गर्दैछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले बैशाख १० गते मंगलबारदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार बैंकको साधारणसभामा भाग लिन र लाभांश पाउन बैशाख ९ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १०.२५ प्रतिशत बोनस शेयर तथा ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

मर्जर र एक्विजिसनको लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा पेश हुनेछ । त्यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने छ । बैंकले संस्थापक शेयरधनीको तर्फबाट ३ र सर्बसाधारणका तर्फबाट ३ जना गरी ६ जना संचालक निर्वाचन समेत गर्ने भएको छ ।

हाल बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख छ प्रस्तावित लाभांश वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब नाघ्ने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।