नेपाल एग्रो लघुवित्तको आईपिओमा आवेदन गर्ने बुधबार अन्तिम दिन, कति पर्यो आवेदन ?

Apr 24, 2019 Merolagani

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था (NALBSL) ले निष्काशन गरेको साधारण शेयरमा आवेदन गर्ने बुधबार अन्तिम दिन रहेको छ। लघुवित्तले बैशाख ८ गतेदेखि सर्वसाधारणमा एक लाख ५१ हजार २०० कित्ता आईपिओ निष्काशन गरेको थियो।

बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ्गका अनुसार नेपाल एग्रो लघुवित्तको शेयरमा तीन दिनमा बैशाख १० गतेसम्ममा कम्पनीको शेयरमा दिनमा ३०.७३ गुणा बढी आवेदन परेको छ। लघुवित्तको आईपिओमा ४६ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । दुई लाख २५ हजार ३५० बढी आवेदकबाट ४६ लाख ४६ हजार ९६० कित्ता शेयर माग भएको हो।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक लाख ५१ हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । कूल एक लाख ६१ हजार ७७८ कित्ता आईपिओ निष्काशन गरेको कम्पनीले २४ सय ८९ कित्ता लघुवित्तका कर्मचारी र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।