नेप्से र कारोबारमा बढोत्तरी, यो बर्षकै उच्च कारोबार हुँदा नयाँ उचाईमा नेप्से

Apr 28, 2019 Merolagani



आइतबार शेयर बजार मापन गर्ने नेप्से परिसूचक २२.३९ अकंले बढेर १३१४.५१ विन्दुमा पुगेको छ । नयाँ बर्ष लागेयता निरन्तर बढेको बजार नयाँ उचाईमा पुगेको हो । यस्तै कारोबारमा देखिएको लगातारको वृद्धि कायमै रहदा यो बर्षकै उच्च कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर एक अर्ब ६७ करोड ५९ लाख रुपैयाँ खरिद बिक्री भएको छ । कारोबार रकम गत विहीबारको तुलनामा ३२ करोड बढी हो । गत विहीबार एक अर्ब ३५ करोड बढीको शेयर किनबेच भएको थियो ।

आइतबार कारोबारमा आएका दश उपसमूह मध्ये आठ वटा समूहको सूचक सकारात्मक भएका छन् भने दुई वटा उपसमूहको सूचक नकारात्मक भएका छन् ।

आइतबारको कारोबारमा जीवन बीमा समूहको कम्पनीका शेयरमा लगानीकर्ताको चाप बढेको देखिन्छ । जीवन बीमा समूहको सूचक सबै भन्दा धेरै ६२९.३८ अकले बढेको छ भने र्निजीवन बीमा समूहको सूचक ४६२.७९ अंकले बढेको छ ।

त्यसैगरी लघुवित्त ९१.०८, होटल ९०.४, जलविद्युत ६२.५८, उत्पादन तथा प्रशोधन ४६.३७, विकास बैंक ६.१ र अन्य समूहको सूचक ५.६३ अंकले बढेको छ । यता बैंकिङ्ग समुहको सूचक ९.०२ अंकले घटेको छ भने वित्त समूहको सूचक ०.६८ अंकले घटेको छ । 

आइतबार समग्र बैंकिङ्ग समूहको सूचक घटेको अवस्थामा नेपाल बैंकको शेयर कारोबर भने सबै भन्दा धेरै भएको छ । बैंकको ७ लाख १५ हजार ५३८ कित्ता शेयर २३ करोड १९ लाख रुपैयाँ किनबेच भयो ।

यस दिनको कारोेबारमा ७ वटा कम्पनीको शेयर मूल्य बढेर सर्किट ब्रेक लागेको छ । जुन राष्ट्रिय बीमा कम्पनीको, आरएमडिसि लघुवित्त, एशियन लाईफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, किसान माइक्रोफाइनान्स र विजय लघुवित्तको शेयर मूल्यमा सर्किट ब्रेक लागेको छ ।
आइतबार सनराइज बैंकको शेयर मूल्य सबै भन्दा धेरै ४.०४ प्रतिशतले घटेको छ

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।