नेपाल एग्रो लघुवित्तको आईपिओ बाँडफाँड, १५ हजार १२० आवेदकले पाए गोलाप्रथाबाट १० कित्ता शेयर

Apr 30, 2019 Merolagani



नेपाल एग्रो लघुवित्त वित्तीय संस्था (NALBSL) को आईपिओ मंगलबार (वैशाख १७ गते) बिहान बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा लघुवित्तको आईपिओ बाँडफाँड गरिएको हो।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार उक्त आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट १५ हजार १२० आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको छ । दुई लाख ९९ हजार ८०५ आवेदकको हात खाली भएको छ। 

आईपिओमा कूल ३ लाख १५ हजार ६३० आवेदन परेकोमा ७०५ आवेदनबाट परेको १४ हजार २६० कित्ताको आवेदन रद्ध भएको छ भने तीन लाख १४ हजार ९२५ आवेदकबाट परेको ६३ लाख ८८ हजार १३० कित्ताको आवेदन सदर भएको थियो।

नेपाल एग्रो लघुवित्तले वैशाख ८ देखि ११ गतेसम्म एक लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गरेकोमा लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई छ्ट्टाएर एक लाख ५१ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। जसमा २ हजार ४८९ कित्ता लघुवित्तका ६६ जना कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको थियो।

नेपाल एग्रोको आईपिओमा मागभन्दा ४२.३४ गुणा बढी आवेदन परेको थियो। आईपिओमा कूल ३ लाख १५ हजार ६३० वटा आवेदनबाट ६४ करोड २ लाख ३९ हजार रुपैयाँ बराबरको ६४ लाख २ हजार ३९० कित्ताको माग आवेदन परेको थियो।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।