रसुवागढी र साञ्जेन जलविद्युतको आईपिओ ३ बजे बाँडफाँड हुँदै

May 02, 2019 Merolagani

रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युतले निष्काशन गरेका साधारण शेयर बिहीबार (आज) दिउँसो ३ बजे उर्जामन्त्रालयको सभाहल, सिंहदरबारमा बाँडफाँड हुने भएको छ।

उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितीमा दुबै आयोजनाको शेयर बाँडफाँड गरिन लागिएको हो।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा रसुवागढीको आईपिओमा १० देखि ४० कित्तासम्म माग गर्ने आवेदकले माग अनुसार नै शेयर प्राप्त गर्नेछन् भने सो भन्दा बढी माग गर्नेले गोलाप्रथाबाट थप १० कित्ता पाए ५० पाउनेछन् भने गोलाप्रथामा शेयर प्राप्त गर्न नसक्नेले ४० कित्ता नै शेयर पाउनेछन्।

साञ्जेनको आईपिओमा सबै आवेदकलाई १० कित्ताकादरले समानुपातिक रुपमा शेयर बाँडफाँड गरेर बाँकी रहेको शेयर थप १० कित्ता गोलाप्रथाबाट सदर आवेदकलाई वितरण हुनेछ । यसमा अधिकतम शेयर प्राप्त गर्नेले २० कित्ता शेयर हात पार्नेछन्।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार रसुवागढी हाइड्रोपावर कम्पनीको आईपिओमा एक करोड ७१ लाख ३१ हजार ५१० कित्ताको माग भएको छ । ३ लाख २ हजार ५०० आवेदनबाट सो बराबरको शेयर माग भएको हो।

कम्पनीले सर्वसाधारणमा ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कूल एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर निष्काशन गरेकामा ४ लाख १० हजार ५२६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुका लागि र ५ लाख १३ हजार १५७ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

यस्तै साञ्जेन जलविद्युत बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार साञ्जेनको आईपिओमा एक करोड ४१ लाख कित्ता शेयरको माग भएको छ । ३ लाख ४ हजार आवेदनबाट सो बराबरको शेयर माग भएको हो ।

साञ्जेनले सर्वसाधारहरुबाट ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको थियो। कूल ५४ लाख ७५ हजार कित्ता आईपिओ निष्काशन गरेकोमा २ लाख १९ हजार कित्ता जलविद्युत कम्पनीका कर्मचारी र २ लाख ७३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।