गणपति माइक्रोफाइनान्सको आईपिओ शुक्रबार साढे १० बजे बाँडफाँड हुँदै

May 03, 2019 Merolagani

गणपति माइक्रोफाइनान्स ले निष्काशन गरेको साधारण शेयर बैशाख २० गते शुक्रबार (आज) साढे १० बजे शेयर बाँडफाँड हुँदैछ। माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा क्यापिटलको कार्यालयमा आईपिओ बाँडफाँड हुनेछ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम उक्त आईपिओ बाँडफाँड हुनेछ। जसअनुसार ५ आवेदकले ११ कित्ता र ३१ हजार ३०२ आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन्।

माइक्रोफाइनान्सको आईपिओमा ३ लाख ३० हजार १५१ वटा आवेदनबाट सर्वसाधारणमा निष्काशन गरिएको शेयरको २१.६३ गुणा बढी ६७ लाख ७२ हजार ४२० कित्ताको माग भएको छ । ३१ हजार ३०७ जनाले मात्र लघुवित्तको शेयर पाउनेछन् भने दुई लाख ९८ हजार ७०० जना आवेकदको हात खाली हुनेछ ।

गणपति माइक्रोफाइनान्सले माइक्रोफाइनान्सको बैशाख ९ देखि १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा सर्वसाधारणमा ३ लाख १३ हजार ७५ कित्ता बिक्रीमा ल्याएको हो । जारी पूँजीको ३२.३० प्रतिशत अर्थात कूल ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमध्ये ५ हजार १७५ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।