एनएलजी इन्स्योरेन्सको विशेष सााधारण सभा आह्वान, चुक्ता पूँजी एक अर्ब पुर्याउने

May 05, 2019 Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) ले न्युनतम चुक्ता पूँजी एक अर्ब पुर्याउन विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले जेठ १४ गते विहान १० बजे रसियन कल्चर सेन्टरको अडिटोरियम हलमा विशेष साधारण सभा आह्वान गरेको हो ।

साधारण सभामा इन्स्योरेन्सको न्युनतम चुक्ता पूँजी एक अर्ब पुर्याउन ६० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ ।

हाल कायम ६४ करोड ४ लाख रुपैयाँको १० को अनुपात ६ को दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

बीमा समितिले बीमा कम्पनीहरुलाई चालु आर्थिक वर्षको असार मसान्त भित्रमा साधारण सभा सम्पन्न गरेर न्युनतम चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ। समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी पुर्याउन एनएलजी इन्स्योरेन्सले हकप्रदको बाटो रोजेको हो ।

हकप्रद जारीपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड ४६ लाख रुपैयाँ पुग्नेछ ।

साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी समेत प्रदान गर्नेछ ।

इन्स्योरेन्सले विशेष साधारण सभा प्रयोजनको लागि जेठ ६ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ । त्यस अनुसार जेठ ५ गते सम्म कायम शेयरधनी मात्रै साधारण सभामा सहभागि हुन पाउनेछन् ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।