एनएलजी इन्स्योरेन्सको विशेष सााधारण सभा आह्वान, चुक्ता पूँजी एक अर्ब पुर्याउने

May 05, 2019 Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) ले न्युनतम चुक्ता पूँजी एक अर्ब पुर्याउन विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले जेठ १४ गते विहान १० बजे रसियन कल्चर सेन्टरको अडिटोरियम हलमा विशेष साधारण सभा आह्वान गरेको हो ।

साधारण सभामा इन्स्योरेन्सको न्युनतम चुक्ता पूँजी एक अर्ब पुर्याउन ६० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ ।

हाल कायम ६४ करोड ४ लाख रुपैयाँको १० को अनुपात ६ को दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

बीमा समितिले बीमा कम्पनीहरुलाई चालु आर्थिक वर्षको असार मसान्त भित्रमा साधारण सभा सम्पन्न गरेर न्युनतम चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ। समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी पुर्याउन एनएलजी इन्स्योरेन्सले हकप्रदको बाटो रोजेको हो ।

हकप्रद जारीपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड ४६ लाख रुपैयाँ पुग्नेछ ।

साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी समेत प्रदान गर्नेछ ।

इन्स्योरेन्सले विशेष साधारण सभा प्रयोजनको लागि जेठ ६ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ । त्यस अनुसार जेठ ५ गते सम्म कायम शेयरधनी मात्रै साधारण सभामा सहभागि हुन पाउनेछन् ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।