शेयर बजारबाट अल्पकालिन लाभ उठाउन लगानीकर्ता सक्रिय रहदा देखियो यस्तो उतारचढाब

May 07, 2019 Merolagani



पछिल्लो दुई महिना यताको शेयरबजारको उतारचढाब अवलोकन गर्दा शेयर बजारमा अल्पकालिन लाभ उठाउने लगानीकर्ताहरु निकै सक्रिय भएको पाईएको छ । बजारको उतारचढाबसँगै समूहगत सूचकमा देखिएको तिब्र उतारचढाब र केही निश्चित कम्पनीहरुको शेयर मूल्यमा भएको वृद्धि र गिरावटले यसको संकेत गर्छ ।

चैतको दोस्रो साताबाट शेयर बजारमा तिब्र उतारचढाबको सुरुवात भएको थियो ।

छोटो समयमै बजार उच्च अंकले बढ्ने र घट्ने क्रम चल्दै गर्दा कारोबार रकममा भएको उच्च सुधारले पनि अल्पकालिन बजारबाट लाभ लिन चलाख लगानीकर्ताहरु सक्रिय भएको बुझिन्छ ।

झण्डै दुई महिना यता बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको शेयर बढ्दै आएकोमा पछिल्ला दिनहरुमा बैंकिङ समूहमा सुस्तता आएको छ । लगानीकर्ताहरु बीमा, जलविद्युत हुँदै उत्पादन तथा प्रशोधन तथा होटल समूहका कम्पनीको शेयरमा खेल्न पुगेका छन् ।

पछिल्लो समय शिवम सिमेन्ट र हिमालयन डिस्टिलरीको मूल्यसँगै कारोबार रकम समेत बढ्नुले पनि यो संकेत गर्छ । तेस्रो त्रैमासको नाफाका सूचनाहरुका हल्लाका आधारमा विवरण प्रकाशित नगर्ने कम्पनीहरु चलाख लगानीकर्ताका छोटो समयमा कमाउने औजार बनेका छन् । 

बजार र मूल्य बढ्ने वित्तीकै बढेका शेयरहरु बेचेर समूह फेरेर शेयर खरिद गर्ने क्रम चलेको बजारले देखाउँछ । यस्तो अवस्थामा चलाख र बजारको अध्ययन गरेका लगानीकर्ताले छोटो समयमै बजारबाट लाभ लिन सक्छन् । तर हल्लाको पछि दौडने लगानीकर्ताको लगानी जोखिममा पर्नसक्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

मंगलबारको बजारमा हिमालयन डिस्टिलरीको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य १५० रुपैयाँले बढेर १६५० रुपैयाँ पुगेको छ । पछिल्लो चार दिनमा शिवम् सिमेन्ट शेयरमा उछाल आए पनि मंगलबार भने ९ रुपैयाँले घटेको छ। केहिदिन अघि केही जलविद्युत र बीमा कम्पनीहरुमा यस्तै देखिएको थियो । त्यो भन्दा अघि वाणिज्य बैंकहरुको शेयरमा उछाल आएको थियो ।

मंगलबार शेयर बजार मापन गर्ने नेप्से परिसूचक १.८७ अंकले बढेर १३०१.२८ बिन्दुमा पुगेको छ । यस दिन १७६ कम्पनीको २५ लाख २० हजार ७९० कित्ता शेयर ७२ करोड ८८ लाख रुपैयाँमा खरिद बिक्री भयो ।
सोमबारको तुलनामा मंगलबार ९ करोड ५२ लाख रुपैयाँले कारोबार रकममा सुधार भएको हो । सोमबार ६३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएका दश उपसमूह मध्ये ८ वटा समूहको सूचक सकारात्मक भएका छन् भने दुई वटा समूहको सूचक नकारात्मक रहे ।

यस दिन होटल समूहको सूचक सबै भन्दा धेरै अर्थात १०१.०७ अंकले बढेको छ । उत्पान तथा प्रशोधन १५.८१, अन्य ९.४७, र्निजीवन बीमा ५.२३, लघुवित्त ४.१२, विकास बैंक २.०२, जलविद्युत १.३७ र जीवन बीमा समूहको सूचक १.०८ अंकले सुधार भएको हो ।

यता बैंकिङ्ग समूहको सूचक २.५६ अंक बढेको छ भने वित्त समूहको सूचक १.९३ अंकले गिरावट भएको हो ।
मंगलबार नेपाल क्रेडिट एण्ड कर्मसियल बैंकको शेयर सबै भन्दा धेरै करोबार भएको छ । बैंकको दुई लाख ४४ अजार ७९३ कित्ता शेयर ५ करोड ९४ लाख रुपैयाँमा किनबेच भयो ।

यस दिन हिमालयन डिस्टिलरीको शेयर मूल्य बढेर सक्रिट ब्रेक लागेको छ । यता पाचँथर पावर कम्पनीको सबै भन्दा धेरै अथार्त ९.६२ प्रतिशतले घटेको छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।