बेष्ट बनेपछि सिनर्जी फाइनान्सको खुल्यो २० महिनादेखि बन्धक शेयर कारोबार

May 20, 2019 Merolagani



सिनर्जीं फाइनन्सको झण्डै २० महिनादेखि बन्धक रहेको शेयर कारोबार सोमबारदेखि फुकुवा भएको छ । बेष्ट फाइनान्स (BFC) ले सिनर्जीलाई प्राप्ती गर्ने प्रक्रिया पुरा भएपछि सिनर्जीतर्फको शेयर कारोबार खुला भएको हो ।

नेपाल स्टक एक्सचेन्जमा जेठ ५ गते आइतबार सिनर्जीतर्फको वेष्ट फाइनान्सको ५१ लाख २५ हजार २८ कित्ता शेयर सूचीकृत भएसँगै शेयर किनबेच खुला भएको हो ।

बेष्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई प्राप्त गर्ने सम्झौता गरेदेखि २०७४ असोज अन्तिम साता देखि फाइनान्सको शेयर कारोबार रोकिएको थियो । बेष्टले सिनर्जी फाइनान्सलाई एक बराबर एकको स्वाप रेसियोमा एक्वायर गरेको हो । 

साथै दुबै फाइनान्सले २०७५ साउन १७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए । सिनर्जीलाई प्रात्ति गरे पछि बेष्ट फाइनान्सको चुक्ता पुँजी ८१ करोड १६ हजार रुपैयाँ छ ।

यस सँगै बेष्ट फाइनान्सको २९ लाख ७५ हजार १३० कित्ता शेयर सहित ८१ लाख १५८ कित्ता शेयर बेष्ट फाइनान्सको नाममा कारोबार हुने नेप्सेले जानकारी गराएको छ । यस कम्पनीको शेयर कारोबार संकेत ‘बीएफसी’ बाट हुनेछ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई मर्जर तथा प्राप्तिमा गर्ने रणनीति लिएको छ । उक्त रणनीति बमोजिम बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्जरमा जान राम्रो संस्थाको छनोट प्रकृयामा लागेका छन् । तर मर्जर प्रक्रिया लम्बिदा कयौ लगानीकर्ताको शेयर बन्धक हुने गरेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।