तीन विकास बैंक मर्ज हुने

May 22, 2019 Merolagani



तीन विकास बैंकहरु बीच मर्ज हुने सम्झौता भएको छ। यस अघि नै मर्जर सम्झौतामा रहेका मिसन डेभलपमेन्ट बैक र तिनाउ विकास बैंक एक आपसमा गाभिएपछि बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैक पनि गाभिने भएको हो।

तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैकले गाभ्ने र गाभिने तथा प्राप्ती विनियमावली बमोजिम जेठ ७ गते मंगलबार सम्झौता भएको नेप्सेले जनाएको छ।

नेपाल कम्युनिटी पनि मर्जर प्रकृयामा सहभागि हुने भएपछि जेठ ८ गते बुधबार देखि कारोबार रोक्का गरिएको छ । 

यता तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकले गाभ्ने र गाभिने तथा प्राप्ती विनियमावली बमोजिम हस्ताक्षर गरेपश्चात दुबै बैंकको चैत ४ गते देखि शेयर कारोबार भएको छैन।

हाल मिसनको ५७ करोड ६४ लाख, तिनाउको ५६ करोड ७७ लाख र नेपाल कम्युनिटीको ५३ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी कायम छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।