सरकारको नीतिले शेयर बजार फराकिलो बन्ने भन्दै ब्रोकरले गरे बजेटको स्वागत

May 30, 2019 Merolagani

स्टक ब्रोकर्स एशोसिएन अफ नेपालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटको स्वागत गरेको छ । बजेटले धितोपत्र बजारको विकास र विस्तारलाई उच्च प्राथमिकतामा राखेको भन्दै एशोसिएसनले बजेटको प्रंशसा गरेको हो ।

बजेटमा गैरआवासीय नेपालीहरुलाई दोस्रो बजार मार्फत पनि लगानी गर्न सकिने व्यवस्थाले धितोपत्र बजारको दायरा फराकिलो हुने एसोसिएसनको भनाई छ ।

यस्तै दोस्रो बजारका सबै कारोबार विद्युतीय प्रणालीमार्फत गर्न बिद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बानाईने, सरकारी ऋणपत्र कारोबारका लागि अनलाईन प्रणाली विकास गरिने जस्ता कार्यक्रमले बजारलाइ सकारात्मक दिशामा लाने उनीहरुको विश्वास छ ।

एसोसिएसनले बिहीबार विज्ञप्ति जारी गर्दै धितोपत्र कारोबारको लाभमा लाग्ने पूँजीगत लाभकरको गणना भारित औषत लागत विधिबाट गर्ने व्यवस्थाले लाभकर गणना विधिमा भएको अन्यौल हटेको समेत जनाएको छ । बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभकर गणना भारित औषत लागत विधिबाट गर्ने व्यवस्थाको स्वागत गरेको छ ।

पूँजीगत लाभकरको दरमा प्रोत्साहन स्वरुप गरिएको कटौतिले आम लगानीकर्ताहरुले दोस्रो बजारप्रति थप आकर्षित भई पुँजी बजारमार्फत राष्ट्र निर्माणको लागि छरिएर रहेको पुँजीको संकलन तथा परिचालन हुने वातावरण बन्ने विश्वास रहेको एसोसिएसनले जनाएको छ ।

‘निश्चित रकमभन्दा बढि कारोबार गर्ने लगानीकर्ताहरुको स्थायी लेखा नम्बर सहितको विवरण नेप्से तथा सिडिएससिको राफासाफ प्रणालीमा नै आवद्ध गरिने तथा लगानीकर्ताहरुको लागतको तथ्यांक प्रणालीले नै दिने व्यवस्थाले धितोपत्र कारोबारको पूँजीगत लाभकर संकलन थप पारदर्शी हुनेछ’ एसोसिएसनले भनेको छ ।

एशाेसिएसनले पूँजी बजारको अंगहरुको संस्थागत सुधार गरिने, ट्रष्टी ऐन तर्जुमा गरी सामुहिक लगानी कोष, शेयर अभौतिकीकरण र सिडिएसीका कार्यहरु व्यवस्थित गरिने व्यवस्थाले समग्र पूँजीबजार थप मजबुत तथा भरोसा योग्य बन्दै जाने उल्लेख गरेको छ । क्षेत्रगत विविधिकरण नीतिगत तथा संस्थागत सुधार र प्रविधिको उच्चतम प्रयोगबाट मात्रै समग्र पूँजीबजारको विकास हुने पनि एशोसिएसनको भनाई छ ।

सरकार, नियामक निकायहरु तथा सरोकारवाला सबै पक्षहरुसँग हातेमालो गर्दै पूँजीबजारको थप विकासमा एशाेसिएसन सदैव प्रतिवद्ध रहिरहेको जनाएकाे छ ।

 


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।