ग्रामीण विकास लघुवित्तको हकप्रद बिहीबार कार्यालय समय पश्चात बन्द हुँदै

Jun 13, 2019 Merolagani

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था ले निष्काशन गरेको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयरको बिक्री बिहीबर कार्यालय समय पश्चात बन्द हुँदैछ ।

यस हकप्रदमा चैत २८ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

हकप्रदमा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट तथा यसका शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगानखेल ललितपुर, पोखरा, वीरगञ्ज, बुटवल, विराटनगर तथा ग्रामिण विकास लघुवित्तको शााखा कार्यालयहरु विराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट हकप्रदमा आवेदन दिन सक्नेछन् । यसैगरि मेरो शेयरबाट समेत हकप्रद भर्न सकिनेछ ।

धितोपत्रको दोस्रो बजारमा लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ३६१ रुपैयाँ रहेको छ । लघुवित्तले बैशाख २७ गते शुक्रबार देखि दुई बराबर एक अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको थियो ।

हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको ग्रामीणको ३२ करोड ७५ लाख रुपैयाँ हकप्रद बिक्री पश्चात ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १६ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४७ पैसा कायम गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।