लगानीकर्ताको समस्या केन्द्रमा पुर्याउन प्रदेश ५ लगानीकर्ता फोरम स्थापना

Jun 19, 2019 merolagani

शेयर बजारका लगानीकर्ताहरुले प्रदेश ५ मा लगानीकर्ता फोरम स्थापना गरेका छन् । काठमाण्डौ बाहिरका लगानीकर्ताहरुको समस्या सम्बन्धित निकायमा पुर्याउने उदेश्यले फोरम गठन गरिएको उनीहरुको भनाई छ ।

फोरमले काठमाण्डौ केन्द्रित रहेको शेयर बजारलाई देशब्यापी बनाउने उद्देश्यले हिमाल, पहाड, तराई,दोस्रो बजारमा कुनैपनि क्षेत्र नरहोस पराई भन्ने मुल नाराका साथ प्रदेश ५ का स्थानीय लगानीकर्ता मिलेर प्रदेश ५ लगानीकर्ता फोरम खोलेको जनाएका छन् ।

फोरमले विज्ञप्ति जारी गर्दै आश्वा सेवा तथा मेरो शेयरले प्राथामिक बजारलाई देशब्यापी बनाउन सहयोग पुगेको भए पनि दोस्रो बजार भने अझै उपत्यका केन्द्रित रहेको गुनासो गरेको छ । साथै फाेरमले न्युनतम योग्यता तोकेर प्रदेश स्तरमा समेत ब्रोकर लाइसेन्स खुलाउनुपर्ने सुझाब दिएकोे छ । स्थानीयले ब्रोकर सेवाको अनुमति पाएमा पुँजीबजार विस्तारमा झनै सजिलो हुने फोरमको भनाइ छ ।

बुटवलमा एकैपटक ५ वटा ब्रोकरको रिमोट वर्क स्टेशन आउँदा प्रत्यक्ष रुपमा बुटवल र वरिपरीका लगानीकर्ताले दोस्रो बजारको सिधा पहुँच प्राप्त गर्न सफल भएको बताउदै अझै देशव्यापी बनाउनुपर्नेमा फोरमले जोड दिएको छ ।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ब्रोकर सेवा दिन हरियो झण्डा देखाएको अवस्थामा सम्बन्धित निकायले जति सक्दो चाडै बैंकको सहायक कम्पनी मार्फत ब्रोकर सेवा उपलब्ध गराउन जरुरी रहेको फोरमले जनाएको छ । बैंकलाई ब्रोकर लाइसेन्स दिदा देशब्यापी शेयर बजार विस्तार हुने बिश्वास फोरमको छ ।
फोरमले प्रदेश ५ का लगानीकर्ताले भोगेको समस्या सम्बन्धित निकायमा पुर्याउन योगदान पुर्याउने प्रतिबद्धता जनाउँदै चाडै नै प्रदेश ५ का लगानीकर्ताको माग बोकेर केन्द्रमा जाने बताएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।