स्टकका अनुसार देव विकास बैंकको १३ लाख ९३ हजार ५२४ दशमलव १९ कित्ता र पूर्णिमा विकास बैंकको २ लाख ६२ हजार ५१६ कित्ता बोनस सूचीकरण भएको हो।
पूर्णिमा विकास बैंकको २०७५ पुस २७ गते सम्पन्न एघारौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस र ६.३७ प्रतिशत नगद लाभांश गरि कूल ११.३७ प्रतिशत लाभांश अनुमोदन भएको थियो। उक्त लाभांश पुस १५ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र पाउनेछन्।
देव: विकास बैंकको २०७६ असार १२ गते सम्पन्न बैंकको बाह्रौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो।बैंकको उक्त बोनस असार ५ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन्।
यसअघि मितेरी डेभलपमेन्ट बैंकले पनि मंगलबार नै ८ लाख ५० हजार कित्ता बोनस कारोबारका लागि सूचीकरण गराएको थियो।