ग्लोबल आइएमई लघुवित्तको हकप्रद खुल्यो

Aug 06, 2019 09:15 AM Merolagani



ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था (GILB) ले मंगलबार (साउन २१ गते) चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री खुला गरेको छ ।

लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँ बराबरको ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो।

लघुवित्तले हकप्रद प्रयोजनको लागि साउन १ गते शेयर दाखिला खारेजी गरेको थियो। त्यसअनुसार असार ३१ गतेसम्म कायम शेयरधनीहरुले मात्रै लघुवित्तको हकप्रद भर्न पाउनेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट रहेको छ। 

ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौं, ग्लोवल आइएमई लघुवित्तको कार्यालय बेसीशहर, शाखा कार्यालयहरु, रङ्गेली मोरङ, पाखरीया पर्सा, कालिका चितवन, विदुर नुवाकोट, पोखरा कास्की, बैजनाथ बाँके, पञ्चपुरी सुर्खेत, गौरीगंगा कैलाली र लक्ष्मी क्यापिटल नयाँ बानेश्वरबाट भदौ २३ गतेसम्म हकप्रदको आवेदन बुझाउन सकिनेछ। ग्लोबल आइएमई क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर जमल काठमाडौंमा भने चेकबाट मात्र दरखास्त दिन सकिने ब्यवस्था गरिएको छ ।

यस्तै सि आश्वाको सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आश्वा प्रणाली मार्फत र मेरो शेयर प्रयोगकर्ताहरुले अनलाईनबाट पनि हकप्रद भर्न सकिनेछ।

शतप्रतिशत हकप्रद बिक्री पश्चात संस्थाको चुक्ता पूँजी २२ करोड ९ लाख १५ हजार रुपैयाँ कायम हुनेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।