समता लघुवित्तको हकप्रद बिक्री असोज २६ गतेदेखि खुल्ने

Sep 25, 2019 10:20 AM Merolagani



समता लघुवित्त (SMATA) ले असोज २६ गतेदेखि चुक्ता पूँजीको दुई सय प्रतिशत बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ। लघुवित्तले चुक्ता पूँजी वृद्धि गर्न १२ करोड १३ लाख ४४ हजार रुपैयाँ बराबरको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।

लघुवित्तले हकप्रद बिक्री प्रयोजनका लागि  २०७६ भदौ ३१ गते मंगलबार बुकक्लोज गरेको छ । जसअनुसार लघुवित्तको हकप्रद भदौ ३० गतेसम्म कायम शेयरधनीले मात्र खरीद गर्न सक्नेछन् ।

असोज २६ गते निष्काशन हुने लघुवित्तको हकप्रदमा मंसिर १ गतेसम्म आवेदन गर्न सकिनेछ।

शेयरधनीहरुले हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तिनको शाखा कार्यालय र मेरो शेयर सफ्टवेयर मार्फत अनलाईन आवेदन गर्न सक्नेछन्।

लघुवित्तको हकप्रद शेयर निष्काशन प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

हाल ६ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ।

 हाल धितोपत्रको दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ५२५ रुपैयाँमा कारोबार भएको छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।