एनएमबि लघुवित्तको १५० प्रतिशत हकप्रद बिक्री खुल्यो

Nov 10, 2019 12:26 PM Merolagani



एनएमबि लघुवित्त वित्तीय संस्था (NMBMF) को कार्तिक २४ गतेदेखि चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला भएको छ। लघुवित्तले चुक्ता पूँजी वृद्धि गर्न १० बराबर १५ कित्ता शेयरको अनुपातमा हकप्रद निष्काशन गरेको हो। 

कम्पनीले एक सय रुपैयाँ अंकित दरले २४ करोड ३० लाख ९ हजार ३७५ रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद बिक्री खुल्ला गरेको हो।

हकप्रद निष्काशनका लागि लघुवित्तले कार्तिक ७ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेकाले कात्तिक ६ गते सम्म कायम रहेका लघुवित्त कम्पनीका शेयरधनीहरुले मात्र लघुवित्तको हकप्रद पाउनेछन्।

लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, सनराइज बैंकको शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत मंसिर २९ गतेसम्म आवेदन दिन पाउनेछन्।

हकप्रद भर्न पाउने शेयर कित्ताको अनुपात सनराइज क्यापिटल तथा एनएमबि लघुवित्तको आधिकारिक वेवसाइट तथा मेरो शेयरबाट हेर्न सकिने बताइएको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले माइक्रोफाइनान्सको हकप्रद निष्काशनका लागि “इक्रा एनपि आईपिओ ग्रेड ४” रेटिङ्ग प्रदान गरेको छ । ग्रेड ४ रेटिङ्गले लघुवित्तको वित्तीय आधारभुत अवस्था औसत भन्दा कमजोर छ भन्ने बुझाउँछ ।

एनएमबि लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट असोज १६ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो। लघुवित्तको गत पुस २९ गते सम्पन्न साधारण सभाले चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय अनुमोदन गरेको थियो।

हाल १६ करोड २० लाख ६ हजार २५० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको यस हकप्रद निष्काशनपछि ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।

कार्तिक २४ गते लघुवित्तको शेयर प्रतिकित्ता ४९५ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।