लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद कात्तिक २४ देखि

Nov 03, 2019 10:11 AM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न कात्तिक २४ गतेदेखि चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ।

इन्स्योरेन्सले एकसय रुपैयाँ अकिंत दरमा १७ लाख ६० हजार कित्ता हकप्रद बिक्रीमा ल्याउन लागेको हो। हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल रहेको छ । 

इन्स्योरेन्सको हकप्रदमा असोज २६ गतेसम्म कायम शेयरधनीहरुले मंसिर २९ गतेसम्म आवेदन गर्न सक्नेछन्। हकप्रदमा आस्वा सदस्यता लिएका सबै बैंक तथा वित्तीय संस्थाको साथै मेरो शेयर सफट्वेयर र बिक्री प्रबन्धक सिबिआईएल क्यापिटलको कार्यालय डिल्लीबजार बाटुलेघर र सिटिजन्स बैंकका देशभरीका सबै शाखाका आवेदन गर्न सकिन्छ।

इक्रा नेपालले लुम्बिनी जनरलको हकप्रद शेयरलाई ‘ इक्रा आईपिओ ग्रेड ३’ रेटिङ्ग दिएको छ । ग्रेड ३ रेटिङ्गले औसत आधार जनाउँछ। नेपाल धितोपत्र बोर्डले इन्स्योरेन्सलाई हकप्रद बिक्री गर्नका लागि गत असोज ८ गते अनुमति दिएको थियो ।

नेपाल स्टक एक्सचेञ्जमा कात्तिक १४ गते बिहीबार लुम्बिनी जनरलको शेयर प्रतिकित्ता ३१४ रुपैयाँमा कारोबार भएको छ । हाल ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको २० प्रतिशत हकप्रद पश्चात १ अर्ब ५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।