मुक्तिनाथ विकास बैंकको हकप्रद निष्काशन भदौ १२ गतेदेखि

Aug 19, 2019 09:49 AM Merolagani



मुक्तिनाथ विकास बैंक(MNBBL) ले आफ्नो चुक्ता पूँजी वृद्धि गर्न भदौ १२ गतेदेखि चुक्ता पूँजीको २० प्रतिशत बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद बिक्री गर्न लागेको हो।

गत आर्थिक वर्षमा विकास बैंकहरुमा प्रथम र केही वाणिज्य बैंकभन्दा धेरै खुद मुनाफा आर्जन गरेको यस विकास बैंकले व्यवसायलाई तीब्रता दिँदै बलियो विकास बैंकको रुपमा स्थापित हुन हकप्रद जारी गर्न लागेको हो।

हाल ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात विकास बैंकहरुमा सबैभन्दा धेरै ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ।

बैंकले हकप्रद बिक्री प्रयोजनका लािग २०७६ साउन ३१ गते शुक्रबार बुकक्लोज गरिसकेको छ। यसअनुसार बैंकको हकप्रद साउन ३० गते बिहीबारसम्म कायम शेयरधनीले मात्र भर्न पाउनेछन्।

इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ’ग्रेड ३’ रेटिङ दिएको छ।

भदौ १२ निष्काशन हुने बैंकको हकप्रदमा असोज १५ गतेसम्म धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन गर्न सकिन्छ। हकप्रद शेयर निष्काशनको प्रबन्धकमा भिवोर क्यापिटल रहेको छ।

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षमा ३६.९८ प्रतिशतले वृद्धि गर्दै ८५ करोड ३२ लाख १ हजार खुद नाफा आर्जन गरेको छ । मुक्तिनाथको वितरण योग्य नाफा ५८ करोड ६९ लाख ९२ हजार रुपैयाँ छ ।  १४६ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको मुक्तिनाथको प्रति शेयर आम्दानी २७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३ गुणा छ ।

गत मंसिर २९ गते पोखरामा सम्पन्न बाह्रौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो। सो हकप्रद २०७६ असार ३० गते धितोपत्र बोर्डबाट स्वीकृत भएको थियो।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।