वोमी लघुवित्तको हकप्रदमा आवेदन खुल्यो

Jul 25, 2019 09:52 AM Merolagani



वोमी लघुवित्त वित्तीय संस्थाको एक बराबर एकको अनुपातमा हकप्रद शेयर बिक्री खुला भएको छ । लघुवित्तले साउन ९ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको १० लाख १० हजार ८८० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

असार २७ गतेभन्दा अघि नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई कायम साविक शेयरधनीहरुले हकप्रदमा भदौ ११ गतेसम्म आवेदन गर्न सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

शेयरधनीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा संचालनको अनुमति लिएका आफ्नो बैंक खाता रहेको बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर मार्फत समेत आवेदन दिन सक्नेछन्। 

गत फागुन ६ गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको लघुवित्तको चुक्ता पूँजीको शतप्रतिशत हकप्रदले धितोपत्र बोर्डबाट असार १२ गते स्वीकृति पाएको थियो।

गत वर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गरेको लघुवित्तले बोनस छाडेर हकप्रदबाट पूँजी वृद्धि गर्न लागेको हो। शतप्रतिशत हकप्रद बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ।

लघुवित्तले नागरिक लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्झौता गरि केन्द्रीय बैंकबाट मर्जरमा जान सैद्धान्तिक स्वीकृति समेत पाइसकेको छ ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।