सूर्या लाइफको हकप्रदमा आवेदन खुल्यो, हकप्रदपछि २ अर्ब १५ करोड चुक्ता पूँजी पुग्ने

Aug 25, 2019 08:44 AM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले भदौ ८ गतेदेखि चुक्ता पूँजीको ७० प्रतिशत बराबरले हुन आउने ८८ करोड ७४ लाख रुपैयाँको हकप्रद शेयर बिक्री खुला गरेको छ। बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न कम्पनीले हकप्रद जारी गरेको हो।

इन्स्योरेन्सले निष्काशन गरेको हकप्रदमा बुकक्लोजको अघिल्लो दिन अर्थात साउन २८ गते मंगलबारसम्म शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्।

साउन २० गते बसेको सञ्चालक समितिको बैंठकले हकप्रद प्रयोजनका लागि साउन २९ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो।

कम्पनी शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल रहेको छ। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङस् नेपालले सूर्या लाइफको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ प्रदान गरेको छ।

हकप्रदमा एनआईसि एशिया क्यापिटलको कार्यालयका साथै सि आश्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। सूर्या लाइफका उपत्यका बाहिरका शाखा कार्यालय मार्फत पनि आवेदन गर्न पाइनेछ। आवेदन दिने अन्तिम मिति असोज १२ गतेसम्म रहेको छ

न्यूनतम चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यतामा रहेको यस इन्स्योरेन्सले ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको हकपद बिक्री खुला गरेको हो। कम्पनीले १० बराबर ७ कित्ता शेयरको अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता शेयर बिक्री गर्नेछ

हाल १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सूर्या लाइफको हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ।

इन्स्योरेन्सको ११ औं वार्षिक साधारणसभाले १० बराबर ७ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो।  इन्स्योरेन्सको भदौ ५ गते बिहीबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता २९६ रुपैयाँमा शेयर कारोबार भएको छ।

सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा ८ करोड ७३ लाख रुपैयाँले बढाएर २० करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४६ पैसा, प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४९ पैसा छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।