लक्ष्मी भ्यालु फण्ड–१ को लाभांशको बुकक्लोज निर्धारण

Aug 06, 2019 02:04 PM Merolagani



लक्ष्मी भ्यालु फण्ड–१ (LVF1) ले लाभांश वितरणको लागि बुकक्लोज मिति तय गरेको छ। फण्डले गत वर्षको कमाइबाट शेयरधनीहरलाई वितरण गर्ने प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांशको लागि साउन २८ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको हो। 

यसअनुसार साउन २७ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहने इकाईधनीले मात्र फण्डले वितरण गर्ने लाभांश पाउनेछन्।

लक्ष्मी भ्यालु फण्ड १ लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको पहिलो सामूहिक लगानी कोष योजना हो। यसका अतिरिक्त कम्पनीले लक्ष्मी इक्विटी फण्ड नामको दोस्रो योजना समेत सञ्चालन गरेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा लक्ष्मी भ्यालु फण्ड १ को प्रति इकाइ खुद मूल्य ११.९८ रुपैयाँ रहेको छ ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।