उन्नति माईक्रोफाइनान्सको नाफा दोब्बर हुँदा कती पुग्यो प्रतिशेयर आम्दानी ?

Aug 07, 2019 12:38 PM Merolagani



उन्नति माइक्रोफाइनान्स (UMB) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा चार करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष दुई करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको माइक्रोफाइनान्सले दुई करोड १३ लाख रुपैयाँ अर्थात १०४% ले खुद नाफा सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेको हो।

माइक्रोफाइनान्सले पूँजी वृद्धिसँगै व्यापार विस्तारमा जोड दिँदा माइक्रोफाइनान्सको नाफामा उल्लेख्य सुधार भएको हो।

गत आर्थिक वर्ष माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको देखिन्छ। गत वर्ष माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ४३ पैसा छ। अघिल्लो वर्ष माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३७ पैसा थियो।

माईक्रोफाइनान्सले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट ४०.५० प्रतिशत बोनस वितरण सँगै २० प्रतिशत हकप्रद बिक्री गरी पूँजी वृद्धि गरेको छ ।

चुक्ता पूँजी ८ करोड ८२ लाख रुपैयाँ रहेको माइक्रोफाइनान्सको जगेडा कोषमा ६ करोड ११ लाख रुपैयाँ सञ्चित छ ।

गत आर्थिक वर्षमा ५५ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले एक अर्ब १० करोड ८१ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थामार्फत ऋण सापटी गरेर एक अर्ब ४५ करोड ९३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा माइक्रोफाइनान्सले ८ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो दुई करोड रुपैयाँले बढी हो। अघिल्लो वर्ष माइक्रोफाइनान्सले ६ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थयो ।

माइक्रोफाइनान्समा निष्कृय कर्जा अनुपात १.६३ प्रतिशत छ। माइक्रोफाइनान्सको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ९६ पैसा छ भने मूल्य आम्दानी १६.८७ गुणा बढी छ ।

साथै उन्नति माइक्रोेफाइनान्स सर्लाहीको सहकार्य लघुवित्तसँग मर्जर प्रकृयामा रहेको छ ।




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।