छिमेक लघुवित्तको नाफा अर्ब नजिक, अधिकांश सूचकमा प्रगति

Aug 15, 2019 04:09 PM Merolagani



छिमेक लघुवित्त(CBBL)ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ९२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा २५ करोड ६८ लाख रुपैयाँ अर्थात ३८.६८ प्रतिशतले बढोत्तरी भएको हो। 

अघिल्लो आर्थिक वर्ष लघुवित्तले ६६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। ब्याज आम्दानीमा वृद्धि भई व्यापार विस्तारमा जोड दिँदा लघुवित्तको नाफामा बढोत्तरी भएको हो।

चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँ रहेको लघुवित्तलको जगेडा कोषमा एक अर्ब ६३ करोड ९० लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवको यसै अवधिमा लघुवित्तको पूँजी एक अर्ब र जगेडा कोषमा एक अर्ब १७ करोड ९० लाख रहेको थियो।

गत आवमा लघुवित्तले १५ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन तथा चार अर्ब ४८ करोड १७ लाख रुपयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत कर्जा सापटी लिएर १९ अर्ब ७५ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा लघुवित्तले एक अर्ब ७२ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २३ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी वृद्धि गरेको हो। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले एक अर्ब ४९ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.२८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ७८ रुपैयाँ ०३ पैसा छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ ९१ पैसा छ भने मूल्य आम्दानी अनुपात १२.१८ गुणा बढी छ ।  




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।