गण्डकी विकास बैंकको खुद नाफा २५ प्रतिशतले बढ्यो

Aug 16, 2019 09:47 AM Merolagani



गण्डकी विकास बैंक (GDBL) ले एनएफआरएस प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा २५ प्रतिशतले खुद नाफा बढोत्तरी गरेको छ। करिब ३० प्रतिशत हाराहारीमा निक्षेप तथा कर्जा बढाएको यस विकास बैंकको खुद ब्याज आम्दानीमा सुधार आउँदा प्रतिशेयर आम्दनी समेत सुधारिएको छ।

गण्डकीले आर्थिक वर्ष २०७५/०७६ को चौंथो त्रैमाससम्ममा ६० करोड ३७ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको यो नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा २४.८७ प्रतिशतले धेरै हो। अघिल्लो आवमा बैंकले ४८ करोड ३५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

विकास बैंकहरुमा सबल मध्येमा पर्ने यस बैंकको चुक्ता पूँजी दुई अर्ब ७५ करोड छ भने वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसा पुगेको छ। अघिल्लो आवको तुलनामा बैंकको ४ रुपैयाँ ३८ पैसाले इपिएस बढेको हो।

यसैगरि बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ६३ लाख रुपैयाँ रहेको छ। यसबाट बैंकले आफ्ना शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्नसक्छ।

असार मसान्तसम्म गण्डकीले २९ अर्ब ९२ करोड ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंकले एक अर्ब ३१ करोड ७८ लाख खुद ब्याज आम्दानी र ८६ करोड २५ लाख सञ्चालन नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंककोे निक्षेप २७, कर्जा २९, खुद ब्याज आम्दानी २६ र सञ्चालन मुनाफा साढे २३ प्रतिशतले सुधार भएको छ ।

बैंकको पूँजीकोष १६.४८ प्रतिशत, खराब कर्जा अनुपात ०.३३ प्रतिशत, कोषको लागत ८.६८ प्रतिशत,, आधार ब्याजदर ११.१४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ६९ पैसा, र मूल्य आम्दानी अनुपात ९.७२ गुणा छ ।

 




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।