प्राइम बैंकमा विलय हुन लागेको कन्काई विकास बैंकको खुद नाफा बढ्यो

Aug 16, 2019 03:37 PM Merolagani



प्राइम बैंकमा विलय हुन लागेको कन्काई विकास बैंक (KNBL) ले गत आर्थिक वर्षको चौंथो त्रैमासमा ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा एक करोड ३५ लाख ७२ हजार अर्थात ३० प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो आर्थिक वर्षमा बैंकले ४ करोड ५२ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा बैंकले १५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा २ करोड ६९ लाख रुपैयाँ धेरै हो। अघिल्लो वर्ष बैंकले १२ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

चुक्ता पूँजी ५१ करोड ५० लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४२ पैसा छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २.६३ रुपैयाँले बढेको हो।

बैंकको जगेडा कोष ४९.१५ प्रतिशतले सुधारिएर ५ करोड ७१ लाख रुपैयाँ सञ्चित गरेको छ । यस्तै बैंकको शेयरधनी कोष ४ करोड ५९ लाख गरि कूल जगेडा १० करोड रहेको छ।

गत आवको चौंथो त्रैमाससम्म २ अर्ब १२ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक अर्ब ८९ करोड रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

बैंकको निष्क्रिय कर्जा अनुपात ०.१० प्रतिशत रहेको छ। यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात १७.१६ गुणा छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।