तिनाउ मिसनसँग गाभिन लागेको नेपाल कम्यूनिटीको यस्तो छ प्रगति विवरण

Aug 30, 2019 02:43 PM Merolagani



नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक (NCCDB) ले गत आर्थिक वर्षको चौथौं त्रैमाससम्ममा ५ करोड ९५ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग गाभिन लागेको बैंकले कमाएको यो नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ७१ लाख २१ हजार रुपैयाँ अर्थात् १३.५९ प्रतिशतले धेरै हो। अघिल्लो आवमा बैंकले ५ करोड २४ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको खुद नाफामा बढोत्तरी देखिएको हो।

चौंथो त्रैमाससम्म बैंकले १८ करोड ४१ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३७.७० प्रतिशतले धेरै हो।

अघिल्लो आवमा बैंकले १३ करोड ३७ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

५३ करोड १६ लाख रुपैयाँ बराबरको चुक्ता पूँजी स्थिर राखेको बैंकले जगेडा कोषमा ९०.६५ प्रतिशतले सुधार गर्दै ४ करोड ७२ लाख २८ हजार रुपैयाँ सञ्चित गरेको छ। यस अवधिमा बैंकले ३ अर्ब ९० करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २० करोड ७ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ५० पैसा र मूल्य आम्दानी अनुपात १४.७५ गुणा छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।