देवः विकासको नाफामा सामान्य सुधार

Aug 16, 2019 02:41 PM Merolagani



देवः विकास बैंक (DBBL) ले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। यसअवधिमा बैंकले सामान्य प्रगती गरेको विवरण प्रस्तुत गरेको छ।

बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमासमा ३८ करोड ९१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा बैंकको खुद नाफा एक करोड ३ लाख रुपैयाँले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३७ करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी तीन अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४८ करोड ५९ लाख र शेयरधनी कोषमा ३७ करोड ५० लाख गरि कूल ८६ करोड रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्मा २१ अर्ब ७८ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २० अर्ब ७ करोड ७४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत आर्थिक वर्षमा बैंकले ९२ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ६८ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकमा निष्कृय कर्जा अनुपात २.३७ प्रतिशत छ र प्रतिशेयर आम्दानी १२ रुपैयाँ २५ पैसा छ। अघिल्लो आवको तुलनामा नाफा बढेपनि पूँजीवृद्धिको असरले बैंकको इपिएस २ रुपैयाँ ५० पैसा घटेको हो।

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंकसँग असार ३० गते देखि एकीकृत कारोबार सुरु गरिसकेको छ भने बैंकले सहारा विकास बैंकलाई पनि प्राप्ती गर्ने प्रकृयामा नै रहेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।