देवः विकासको नाफामा सामान्य सुधार

Aug 16, 2019 02:41 PM Merolagani



देवः विकास बैंक (DBBL) ले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। यसअवधिमा बैंकले सामान्य प्रगती गरेको विवरण प्रस्तुत गरेको छ।

बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमासमा ३८ करोड ९१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा बैंकको खुद नाफा एक करोड ३ लाख रुपैयाँले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३७ करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी तीन अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४८ करोड ५९ लाख र शेयरधनी कोषमा ३७ करोड ५० लाख गरि कूल ८६ करोड रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्मा २१ अर्ब ७८ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २० अर्ब ७ करोड ७४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत आर्थिक वर्षमा बैंकले ९२ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ६८ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकमा निष्कृय कर्जा अनुपात २.३७ प्रतिशत छ र प्रतिशेयर आम्दानी १२ रुपैयाँ २५ पैसा छ। अघिल्लो आवको तुलनामा नाफा बढेपनि पूँजीवृद्धिको असरले बैंकको इपिएस २ रुपैयाँ ५० पैसा घटेको हो।

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंकसँग असार ३० गते देखि एकीकृत कारोबार सुरु गरिसकेको छ भने बैंकले सहारा विकास बैंकलाई पनि प्राप्ती गर्ने प्रकृयामा नै रहेको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।