एक्सेल डेभलपमेन्ट बैंकको यस्तो छ चौंथो त्रैमासमा प्रगति

Aug 19, 2019 05:42 PM Merolagani



एक्सेल डेभलपमेन्ट बेंक (EDBL) ले एनएफआरएस प्रतिवेदन अनुसार गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा १७ करोड ४३ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा १६ करोड ६५ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले १ वर्षको अवधिमा खुद नाफा ४.६७ प्रतिशतले बढाएको हो। 

समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ३४ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले ४० करोड ५२ लाख खु्द ब्याज आम्दानी र २५ करोड ७ लाख सञ्चालन मुनाफा कमाएको छ ।

अघिल्लो आवमा बैंकले ५ अर्ब २३ करोड निक्षेप संकलन गरी ४ अर्ब २५ करोड ६८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। यसबाट बैंकले ३४ करोड ९९ लाख खु्द ब्याज आम्दानी र २३ करोड ८४ लाख सञ्चालन मुनाफा कमाएको थियो। 

६९ करोड २६ लाख ७३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३१ करोड २ लाख रुपैयाँ राखेको छ। एक वर्ष अवधिमा बैंकको जगेडा कोष ४ करोड बढेको बढेको छ । 

उसको निष्कृय कर्जा अनुपात ०.६१ प्रतिशत रहेको बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७१ पैसा, प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात ११.९४ गुणा छ।

बैंकको आधार ब्याजदर १०.२४, कर्जा निक्षेप अनुपात ७५.७३ र पूँजी कोष अनुपात १२.९९, कोषको लागत ७.५० प्रतिशत रहेको छ। बैंकको आधार ब्याजदर, कोषको लागत, कर्जा निक्षेप अनुपात बढेको छ भने पूँजी कोष अनुपात घटेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।