तिनाउ मिसन विकास बैंकको नाफा १८ करोड माथि

Aug 28, 2019 12:27 PM Merolagani



तिनाउ मिसन विकास बैंक (TNBL) ले गत आर्थिक वर्षको चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा बैंकले  १८ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १० करोड ५ लाख रुपैयाँले बढी हो। 

अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमास सम्ममा बैंकले ८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य रकम १३ करोड १६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यो रकम ६ करोड ५८ लाख रुपैयाँ थियो । 

तिनाउ विकास बैंकले असार ३१ गते देखि मिसन डेभलपमेन्ट बैंकसंग मर्जरमा गई एकीकृत कारोबार गरी सकेकाे छ। दुबै बैंकको जोडेर संयुक्त वित्तीय विवरण सार्वजनिक गरेको हो। 

एक अर्ब १४ करोड ४१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १८ करोड ६२ लाख रुपैयाँ संचित छ।  यस अवधिमा सम्ममा बैंकले एक अर्ब ३३ करोड ७९ लाख रुपैयाँ व्याज आम्दानी गरेर ८८ करोड ९१ लाख रुपैयाँ व्याज वापत खर्चगरी ४४ करोड ८८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ।  

यस्तै १० अर्ब ६० करोड २२ लाख निक्षेप संकलन गरी ८ अर्ब ८६ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।  

बैंकको खराब कर्जा ३.३४ प्रतिशत रहेको छ। यस्तै बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ८३ पैसा मुल्य आम्दानी अनुपात १०.९० गुणा बढी छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।