कामना सेवा विकास बैंकको खुद नाफा करिब ५ करोडले घट्यो, निक्षेप संकलन र कर्जा प्रवहामा भने सुधार

Aug 16, 2019 06:22 PM Merolagani



कामना सेवा विकास बैंक (KSBBL) ले गत आर्थिक वर्ष २०७५/७६ मा खुद मुनाफा ३२ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ४ करोड ९३ लाख रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा बैंकले ३७ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

शाखा विस्तारसँगै बैंकको सञ्चालन खर्च तथा कर्मचारी खर्चमा वृद्धिका कारण नाफा घटेको बैंकको दाबी छ ।

बैंकको निक्षेप संकलन तथा कर्जा प्रवहाको अनुपातमा भने सुधार भएको छ। बैंकले गत आर्थिक वर्षमा १५ अर्ब ७५ करोड रहेको निक्षेप ४५.८७ प्रतिशतले वृद्धि भई २२ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेको हो । यस्तै कर्जा तर्फ ५२.८६ प्रतिशतले वृद्धि गरी २० अर्ब १८ करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले १३ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवहा गरेको थियो ।

दूई अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५० करोड ३८ लाख रुपैयाँ संचित छ ।
बैंकको खुद ब्याज आम्दानी १७.६९ प्रतिशतले वृद्धि भई ८८ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने बैंकको निष्कृय कर्जा १.१३ प्रतिशतबाट ०.९० प्रतिशतमा झरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को असार मसान्तमा बैंकको पूँजीकोष अनुपात १७.०३ प्रतिशत रहेको छ । त्यस्तै प्रति शेयर आम्दानी १३ रुपैयाँ ७० पैसा, प्रति शेयर नेटवर्थ १३१ रुपैयाँ ०९ पैसा, तरलता अनुपात २२.७४ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.६८ गुणा बढी छ ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।