ओम डेभलपमेन्ट बैंकको एनएमबिमा विलय हुनुपूर्व यस्तो देखियो प्रगति

Aug 18, 2019 08:40 AM Merolagani



ओम डेभलमेन्ट बैंक (ODBL) ले एनएफआरएस रिर्पोट अनुसार गत आर्थिक वर्षमा ५१.८७ प्रतिशतले खुद नाफा बढाएर ५९ करोड ९५ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आवको यसै अवधिमा बैंकको नाफा ३९ करोड ४७ लाख ६७ हजार रहेको थियो।

एनएमबि बैंकसँग मर्जर प्रकृया रहेको यस विकास बैंकको आम्दानीका समग्र सूचकहरु बढेका छन्। 

चौंथो त्रैमासिक अवधिमा बैंकले कोषको लागत घटाएर खराब कर्जामा खुधार गरेको छ भने पूँजी कोष अनुपात, प्रतिशेयर आम्दानी, निक्षेप संकलन तथा कर्जा लगानी विस्तार गरेको छ ।

असार मसान्तसम्म बैंकले २१ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरि २३ अर्ब १ करोड ७७ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ८ करोडले निक्षेप र ४ अर्ब ७० करोडले कर्जा लगानी विस्तार गरेको हो।

गत आवमा बैंकले एक अर्ब २२ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने बैंकको सञ्चालन मुनाफा ७९ करोड ६५ लाख छ।

दुई अर्ब ५१ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६८ करोड ३४ लाख र शेयरधनी कोषमा ७१ करोड २२ लाख तथा २ करोड ८६ लाख शेयर प्रिमिय रहेको सञ्चित छ ।

ओमको प्रतिशेयर आम्दानी पनि सुधार भएको छ। बैंकको इपिएस १९ रुपैयाँ ५२ पैसाबाट वृद्धि भई २९ रुपैयाँ ६५ पैसा कायम भएको छ । यस अवधिमा खराब कर्जा अनुपात ०.९५ बाट घटाएर ०.६४ प्रतिशतमा झारेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात ६.६४ गुणा छ। यसैगरि बैंकको आधार ब्याजदर ११.१९, कोषको लागत ८.९६, पूँजीकोष अनुपात १५.४७ प्रतिशत रहेको छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।