एभरेष्ट इन्स्योरेन्स खुद बीमा शुल्क करिब ४ गुणाले वृद्धि, खुद नाफा ६ करोड

Aug 16, 2019 12:01 PM Merolagani



एभरेष्ट इन्स्योरेन्स (EIC) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ३८ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ९ करोड ६४ लाख रुपैयाँ मात्र खुद बीमाशुल्क आर्जन गरेको थियो। एक वर्ष अवधिमा इन्स्योरेन्सको बीमाशुल्क झण्डै ४ गूणाले बढेको हो।

इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ५ करोड ४९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। इन्स्योरेन्सको खुद नाफा अघिल्लो वर्षको तुलनामा ५८ लाख रुपैयाँले बढेको हो।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट १० करोड २७ लाख, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधि सम्ममा इन्स्योरेन्सले ८७ हजार ८८६ बीमालेख जारी गरी ८१ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। ३ हजार २९० दाबी वापत ३४ करोड ३९ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ भने १ हजार ८२४ दाबी वापत ९१ करोड १३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

चुक्ता पूँजी एक अर्ब ४ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ११ लाख रुपैयाँ, २२ करोड ७२ लाख रुपैयाँ बीमा कोषमा सञ्चित छ।

गत आर्थिक वर्षको असार मसान्त सम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ५ रुपैंया ८३ पैसा, प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ३३ पैसा र मूल्य आम्दानी अनुपात ६२.६१ गुणा छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।