डेढ अर्बको आईपीओ बिक्री गर्ने तयारीमा रहेको पुनर्बिमा कम्पनीको प्रगति हेरौं

Aug 28, 2019 05:15 PM Merolagani

एक अर्ब ६० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) सर्बसाधारणमा बिक्री गर्ने तयारीमा लागेको नेपाल पुनर्बिमा कम्पनी (NRICL)ले क्रमबद्ध प्रगति गर्दै गएको छ ।  

पुनर्बीमा कम्पनी  ले गत आर्थिक वर्षमा आफ्नो खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २२ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ भने गत खुद बीमा शुल्क  झण्डै दोब्बर आर्जन गरेको  छ। 

को एकीकृत बित्तीय विवरण सार्वजनिक गरेको कम्पनीले जीवन र निर्जीबन दुबै व्यवसायबाट आम्दानीमा २२ प्रतिशत वृद्धि गरेको हो।

गत असार मसान्तसम्ममा कम्पनीले एक अर्ब १७ करोड ८० लाख खुद नाफा कमाएको छ। निर्जीवन बीमा व्यवसायबाट ९८ करोड ६८ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १९ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

अघिल्लो आवको यसै अवधिको तुलनामा यो कम्पनीले २१ करोड १६ लाख रुपैयाँले खुद नाफा बढाएको हो। अघिल्लो आवको यसै अवधिमा कम्पनीले ९६ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसैगरि पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ५ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब १२ करोड रुपैयाँ र जीवन बीमा व्यवसायबाट ४० करोड ७३ लाख रुपैयाँ गरी सो बराबरको बीमा शुल्क आर्जन गरेको हो।

अघिल्लो आर्थिक वर्षको वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८८ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क  २ अर्ब ६४ करोड ७३ लाख रुपैयाँले बढेको हो।

 

  •  पुर्नबीमा कमिशन वापत डेढ अर्ब बाहिरियो

यस्तै गत आवमा  कम्पनीले पुर्नबीमा कमिशन शुल्कबाट ३१ करोड ५ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ भने एक अर्ब ६० करोड ६३ लाख रुपैयाँ पुर्नबीमा कमिशन वापत विदेशी कम्पनीलाई भुक्तानी गरेको छ।

पुर्नबीमा कम्पनीले निर्जीवन बीमा कम्पनी वापत एक अर्ब ५४ करोड ९० लाख र जीवन बीमा तर्फ ११ करोड ८३ लाख रुपैयाँ गरी एक अर्ब ६६ करोड ७३ लाख खुद दाबी भुक्तानी गरेको छ।

यस अवधिमा कम्पनीले निर्जीवन बीमा दाबी वापत ९९ करोड ३७ लाख र जीवन बीमा दाबी वापत एक करोड १८ लाख रुपैयाँ गरी एक अर्ब ५५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ९६ करोड ६ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब ७० करोड २६ लाख रुपैयाँ सञ्चित छ।

आईपिओ निष्काशन गर्न रेटिङ्ग कम्पनी इक्रा नेपालबाट रेटिङ्ग सम्पन्न गरिसकेको छ।  कम्पनीले निष्काशन गर्न लागेको एक करोड ६० लाख कित्ता आईपिओलाई इक्रा नेपालले ‘ इक्रा एनपि आईपिओ ग्रेड २’ रेटिङ्ग प्रदान गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।