युनाइटेड इन्स्योरेन्सको खुद बीमा शुल्क र नाफा दुबै घट्यो

Aug 18, 2019 05:24 PM Merolagani



युनाइटेड इन्स्योरेन्स (UIC) को खुद नाफा ६ करोड ६४ लाख रुपैयाँले घटेको छ। अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमास सम्ममा १५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सको खुद नाफामा घटेर ९ करोड २१ लाख रुपैयाँमा सीमित भएकाे हो।

यस्तै इन्स्योरेन्सको खुद बीमा शुल्क पनि ९८ लाख १४ हजार रुपैयाँले घटेको छ। यस अवधिमा इन्स्योरेन्सले २४ करोड ५८ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको हाे। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा इन्स्याेरेन्सले २८ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट ६ करोड १३ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट २ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको युनाइटेड इन्स्योरेन्सको जगेडा कोषमा ६ करोड ५ लाख रुपैया, बीमा कोषमा ३२ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६९ लाख १४ हजार रुपैयाँ संचित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ४६ पैसा, प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात २७.९१ गुणा बढी छ ।

इन्स्योरेन्सले यस अवधि सम्ममा ६८ हजार ९३० बीमालेख जारी गरि ४८ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एक हजार ८५० वटा दाबी वापत ३० करोड ५६ लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । यस्तै एक हजार ५९७ वटा दाबी वापत २४ करोड ३३ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ। यस अवधिमा इन्स्योरेन्सको ७ हजार ३३३ बीमाले नविकरण भएका छन् ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।