सिद्धार्थ इन्स्योरेन्स खुद बीमा शुल्क र नाफा दुबै घट्यो

Aug 20, 2019 02:03 PM Merolagani



सिद्धार्थ इन्स्योरेन्स (SIL) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्मको वित्तीय विवरणमा खुद बीमाशुल्क र नाफा दुबै घटेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ८२ करोड १८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ६ करोड ४४ लाख रुपैयाँले कम हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ८८ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

खुद बीमा शुल्कसंगै इन्स्योरेन्सको खुद नाफा पनि ८ करोड ९ लाख रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा २९ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सको खुद नाफा २१ करोड ४३ लाख रुपैयाँमा सीमित भएको हो।

गत आवमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४३ पैसा, नेटवर्थ १८९ रुपैयाँ ८९ पैसा, र मूल्य आम्दानी अनुपात २१.२३ गुणा बढी छ।

कम्पनीले पुर्नबीमा कमिशन वापत २९ करोड ९६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ९ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १५ करोड ५५ लाख रुपैयाँ, बीमा कोषमा ६६ करोड ४६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ८६ लाख रुपैयाँ सञ्चित छ ।

हालसम्म एक लाख १९ हजार २०५ वटा बीमालेख जारी गरी एक अर्ब ८६ करोड १७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। यस अवधिमा इन्स्योरेन्सको २८ हजार १५२ वटा बीमालेख नवीकरण भएको छ।

कम्पनीले कूल ७ हजार ५९८ दाबी वापत एक अर्ब १५ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ४९० दाबी वापत परेको ८७ करोड ६३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।