सिद्धार्थ इन्स्योरेन्स खुद बीमा शुल्क र नाफा दुबै घट्यो

Aug 20, 2019 02:03 PM Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्मको वित्तीय विवरणमा खुद बीमाशुल्क र नाफा दुबै घटेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ८२ करोड १८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ६ करोड ४४ लाख रुपैयाँले कम हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ८८ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

खुद बीमा शुल्कसंगै इन्स्योरेन्सको खुद नाफा पनि ८ करोड ९ लाख रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा २९ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सको खुद नाफा २१ करोड ४३ लाख रुपैयाँमा सीमित भएको हो।

गत आवमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४३ पैसा, नेटवर्थ १८९ रुपैयाँ ८९ पैसा, र मूल्य आम्दानी अनुपात २१.२३ गुणा बढी छ।

कम्पनीले पुर्नबीमा कमिशन वापत २९ करोड ९६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ९ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १५ करोड ५५ लाख रुपैयाँ, बीमा कोषमा ६६ करोड ४६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ८६ लाख रुपैयाँ सञ्चित छ ।

हालसम्म एक लाख १९ हजार २०५ वटा बीमालेख जारी गरी एक अर्ब ८६ करोड १७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। यस अवधिमा इन्स्योरेन्सको २८ हजार १५२ वटा बीमालेख नवीकरण भएको छ।

कम्पनीले कूल ७ हजार ५९८ दाबी वापत एक अर्ब १५ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ४९० दाबी वापत परेको ८७ करोड ६३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।