जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क साढे १६ करोड

Aug 19, 2019 03:28 PM Merolagani



जनरल इन्स्योरेन्स (GIC) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा १६ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा ११ करोड ७१ लाख खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन आयबाट ४ करोड ७३ लाख, लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ।

इन्स्योरेन्सले यस अवधिमा ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले २ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

७० करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २ करोड ५७ लाख, बीमा कोषमा २ करोड ८५ लाख र महा विपत्ती जगेडामा २८ लाख ५८ हजार रुपैयाँ सञ्चित छ।

यस अवधिमा सम्ममा कम्पनीले ३१ हजार २१७ वटा बीमालेख जारी गरी ३३ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। ५०८ वटा दाबी वापत कम्पनीले ४ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २३० वटा दाबी वापत ४६ करोड ८५ लाख भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७६ पैसा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १३६ रुपैयाँ ८३ पैसा छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।