जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क साढे १६ करोड

Aug 19, 2019 03:28 PM Merolagani



जनरल इन्स्योरेन्स (GIC) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा १६ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा ११ करोड ७१ लाख खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन आयबाट ४ करोड ७३ लाख, लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ।

इन्स्योरेन्सले यस अवधिमा ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले २ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

७० करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २ करोड ५७ लाख, बीमा कोषमा २ करोड ८५ लाख र महा विपत्ती जगेडामा २८ लाख ५८ हजार रुपैयाँ सञ्चित छ।

यस अवधिमा सम्ममा कम्पनीले ३१ हजार २१७ वटा बीमालेख जारी गरी ३३ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। ५०८ वटा दाबी वापत कम्पनीले ४ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २३० वटा दाबी वापत ४६ करोड ८५ लाख भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७६ पैसा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १३६ रुपैयाँ ८३ पैसा छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।