सगरमाथा इन्स्योरेन्सको खुद बीमा शुल्क एक अर्ब माथि, नाफा घट्यो

Aug 20, 2019 11:31 AM Merolagani



सगरमाथा इन्स्योरेन्स (SIC) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा एक अर्ब एक करोड ४१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १४ करोड ९३ लाख रुपैयाँले बढी हो।

अघिल्लो आर्थिक वर्षको यस अवधिमा इन्स्योरेन्सले ८६ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट ३१ करोड ८६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ८ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सको खुद बीमा शुल्क १७.२७ प्रतिशतले वृद्धि भएर एक अर्ब एक करोड रुपैयाँ कमाएको भएपनि खुद नाफा भने घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा इन्स्योरेन्सको खुद नाफा ७ करोड ११ लाख रुपैयाँले घटेर २७ करोड ६५ लाख रुपैयाँमा सीमित भएको हो। अघिल्लो वर्ष इन्स्योरेन्सले ३४ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ८६ प्रतिशत बोनस वितरण गरेर चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ पुर्याएको छ। यस्तै कम्पनीको जगेडा कोषमा ३४ करोड ३२ लाख, बीमा कोषमा ४८ करोड ८७ लाख, महाविपत्ती काेषमा ८ करोड ७ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले एक लाख ४९ हजार ६९२ वटा बीमालेख जारी गरी हाल सम्म दूई अर्ब १७ करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधि सम्ममा इन्स्योरेन्सले ६ हजार ५१ कुल दाबी वापत ९५ करोड ६१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने दुई हजार ७४५ दाबीवापत ८५ करोड ७२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।

यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात २१.९० गुणा बढी छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।