शिखर इन्स्योरेन्सको जगेडा कोष दोब्बर, खुद नाफा साढे १८ प्रतिशत बढ्यो

Aug 21, 2019 09:10 AM Merolagani



शिखर इन्स्योरेन्स (SICL) को जगेडा कोष मजबुत बन्दै गएको छ। कम्पनीको जगेडा कोष ४५ करोड ७० लाख पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा २१ करोड २५ लाखको जगेडा कोष थियो।यस्तै कम्पनीले गत आवमा ४७ करोड २९ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

इन्स्योरेन्सको गत आवमा कमाएको यो नाफा अघिल्लो आवको यहि अवधिको तुलनामा यो १८.४६ प्रतिशतले धेरै हो। अघिल्लो आवको यसै अवधिमा कम्पनीको खुद नाफा ३९ करोड ९२ लाख रुपैयाँ थियो ।

चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख रहेको कम्पनीको बीमा कोषमा पनि चुक्ता पूँजी सरह छ । इन्स्योरेन्सको महाविपत्ति कोषमा ७ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले एक अर्ब ५६ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ५९ करोड १९ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २ करोड ८५ लाखले घटेको हो।

गत आवमा कम्पनीले पुर्नबीमा कमिशन आयबाट ४९ करोड ६६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १५ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसाबाट बढेर ४४ रुपैयाँ ४३ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ १७ पैसा, र मुल्य आम्दानी अनुपात १७.२४ गुणा छ ।

तीन लाख ३ हजार ५९१ बीमालेख जारी गरेको कम्पनीले तीन अर्ब ५१ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने ६४ हजार ९७४ बीमालेख नवीकरण भएका छन्। यस्तै १६ हजार ६३५ वटा दाबीमार्फत परेको एक अर्ब ८५ करोड ३४ लाख बराबरको कुल दाबी भुक्तानी गरेको छ भने ४ हजार ३८२ दाबीबाट परेको ८१ करोड १६ लाख बराबरको भुक्तानी गर्न बाँकी छ । चौंथो त्रैमाससम्म कम्पनीले दाबी वापतको ३० करोड ९ लाख बराबरको भुक्तानी गर्न बाँकी छ ।

अघिल्लो आवमा कम्पनीले ३ लाख २ हजार ४३४ बीमालेख बाट ३ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस्तै ५ हजार २११ वटा परेको ४ हजार ५५२ दाबीबाट परेको एक अर्ब ८६ करोड ५५ लाख कुल दाबी भुक्तानी गरेको थियो भने ३ हजार ८७ दाबीबाट परेको ६५ करोड ४१ लाख बराबरको कुल दाबी भुक्तानी गर्न बाँकी थियो ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।