एनआईसी एशिया ग्रोथ फण्डको लाभांश वितरणका लागि बुकक्लोज निर्धारण

Aug 20, 2019 11:20 AM Merolagani



एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित पहिलो योजना “एनआईसी एशिया ग्रोथ फण्ड” ले लाभांश वितरण गर्न बुकक्लोज मिति तय गरेको छ। 

फण्डले गत वर्ष २०७५/०७६ को कमाईबाट इकाईधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको १० प्रतिशत लाभांश वितरणको लागि भदौ १३ गते १ दिनको लागि इकाईधनि दर्ता पुस्तिका (बुकक्लोज) गर्न लागेको हो।

 

 

यसअनुसार भदौ १२ गतेसम्म फण्डको इकाई खरिद गरी इकाईधनी कायम भएकाहरुले मात्र फण्डले वितरण गर्ने लाभांश पाउनेछन्।

गत साउन १० गते बसेको सञ्चालक समितिको ६१ औं बैठकले गत वर्षको कमाईबाट इकाईधनीहरुलाई कर सहित १० प्रतिशतका दरले हुन आउने आठ करोड पैतिस लाख बीस हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।