गोर्खाज फाईनान्सले वित्तीय अवस्थामा सुधार गरेपछि नाफामा उत्कृष्ट सुधार

Aug 22, 2019 12:14 PM Merolagani

गोखार्ज फाइनान्स (GUFL) ले आफ्नो खराब कर्जा असुली बढाएर निष्कृय कर्जा अनुपात घटाउँदा चर्को कर्मचारी खर्च र अन्य खर्चको बाबजुत गत आर्थिक वर्षमा ७ करोड माथिको खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

तत्कालीन गोर्खा डेभलपमेन्ट बैंक व्यवस्थपकीय कमजोरी र खराब कर्जाले समस्याग्रस्त भएपछि एक तह घटुवा भई काठमाडौं फाइनान्ससँग मर्जर गरेर नयाँ व्यवस्थापन सहित गोर्खाज फाइनान्समा रुपान्तरित भएको थियो।

फाइनान्सले आफ्नो खराबीलाई पछिल्ला दिनमा सुधार गर्दै लगेको छ। गोर्खाज  फाइनान्सले बिहीबार सार्वजनिक गरेको एनएफआरएस वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ७ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो वर्षको यहि अवधिको तुलनामा यो ५ करोड ९७ लाख रुपैयाँले बढी हो। अघिल्लो वर्ष असार मसान्त सम्ममा फाइनान्सको खुद नाफा एक करोड १२ लाख रुपैयाँ मात्र थियो। 

फाइनान्सको निक्षेप संकलन अघिल्लो आवको तुलनामा २३.८१ प्रतिशतले वृद्धि भएर ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने ऋण लगानी पनि २७.०३ प्रतिशले वृद्धि भएर ५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष फाइनान्सले ५ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

फाइनान्सको खुद ब्याज आम्दानी १७.९६ प्रतिशले बढेर २ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा फाइनान्सले २ करोड ९ लाख मात्रै खुद ब्याज आम्दानी गरेको थियो। यस्तै अन्य सञ्चालन आम्दानी ६५ लाखबाट २ करोड ८० लाख पुगेको छ भने फाइनान्सले खराब कर्जा असुलीबाट एक करोड ३६ लाख ४८ हजार असुली गरेको छ।

फाइनान्सको कर्मचारी खर्च ७ करोड ३४ लाखबाट ११ करोड ९० लाख पुगेको छ भने अन्य सञ्चालन खर्च ६ करोड ७५ लाखबाट बढेर ७ करोड २४ लाख पुगेको छ। खर्चका बाबजुत फाइनान्सले आफ्नो वित्तीय अवस्थामा भने सुधार गर्दै लगेको छ ।

 

यस अवधिमा बैंकको खराव कर्जा अनुपातमा सुधार भएको छ। खराब कर्जा अनुपात ६.३८ प्रतिशतबाट घटेर ४.६० प्रतिशत कायम भएको छ।

चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात ११ गुणा बढी छ। फाइनान्सको जगेडा कोषमा ५८ करोड २२ लाख रुपैयाँ सञ्चित छ। फाइनान्सको शेयरधनी कोष भने अझै ७ करोड ६८ लाखले ऋणात्मक रहेको छ।

गत आवमा फाइनान्सको आधार ब्याजदर १२.८५, कोषको लागत ९.४८ र पूँजी कोष अनुपात १७.९१ प्रतिशत रहेको छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।