दिव्यश्वरी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्दा नोक्सानी घट्यो

Aug 22, 2019 02:32 PM Merolagani



दिव्यश्वरी हाइड्रोपावर (DHPL) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा खुद नोक्सानी घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ। हाइड्रोपावरको खुद नोक्सानी अघिल्लो आवको तुलनामा ९७.१९ प्रतिशत घटेर ३ करोड ३३ लाख रुपैयाँमा झरेको छ। 

अघिल्लो आवको यसै अवधिमा हाइड्रोपावरले ६ करोड ५७ लाख रुपैयाँ बराबरको खुद नोक्सानी बेहोरेको थियो ।

गत आर्थिक वर्षको चौंथो त्रैमासमा हाइड्रोपावरले विद्युत बिक्री मार्फत ८ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ८३ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष हाइड्रोपावरले विद्युत बिक्री मार्फत ४ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोष तथा सञ्चित नोक्सानी १३ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा हाइड्रोपावरको जगेडा कोष ९ करोड ८१ लाख रुपैयाँले ऋणात्मक थियो।

हाइड्रोपावरको ६९ करोड १७ लाख रुपैयाँ दिर्घकालीन ऋण रहेको छ भने सञ्चित घाटा १३ करोड १५ लाख रुपैयाँ छ। अघिल्लो आवमा यस्तो नोक्सानी  ९ करोड ८१ लाख रुपैयाँ रहेको थियो।

वार्षिक प्रतिशेयर आम्दानी १२  रुपैयाँ ६४ पैसा नोक्सानीमा रहेको हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ५० रुपैयाँ १६ छ।

हाइड्रोपावरको दोस्रो बजारमा शेयरमूल्य आईपीओको भन्दा पनि निकै कम छ। बिहीबार हाइड्रोपावरको शेयरमूल्य ६० रुपैयाँमा कारोबार भएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।