युनिर्भसल पावरको जगेडा कोषबाट एक करोड ६३ लाख रुपैयाँ गायब !

Sep 03, 2019 06:37 PM Merolagani



युनिर्भसल पावर कम्पनी(UPCL) को गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदनमा जगेडा कोषबाट एक करोड ६३ लाख रुपैयाँ गायब भएको छ। कम्पनीले गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ४ करोड १४ लाख रुपैयाँ जगेडा कोष तथा सञ्चित नाफा हिसाबमा सारेको उल्लेख गरेपनि सो बराबर रकम  जगेडा कोष तथा सञ्चित नाफा हिसाबमा देखिएको छैन।

कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमासमा २ करोड ८८ लाख रुपैयाँ ३८ हजार र अघिल्लो आर्थिक वर्ष सम्मको एक करोड २६ लाख ५ हजार रुपैयाँ गरी कूल ४ करोड १४ लाख ४४ हजार रुपैयाँ कूल सञ्चित नाफा कमाएको छ। सो मुनाफालाई जगेडा कोष तथा सञ्चित नाफा हिसाबमा सारेको उल्लेख गरेपनि उसको जगेडा कोषमा भने एक करोड ६३ लाख रुपैयाँ कम २ करोड ५० लाख ७८ हजार रुपैयाँ मात्रै छ । 

कूल मुनाफा र जगेडा कोषमा देखिएको एक करोड ६३ लाख रुपैयाँको अन्तर हुने कारणबारे कम्पनीको एक अधिकारीले मेरोलगानीसँग कुराकानीमा सो अन्तर बराबरको रकम आईपिओ निष्काशन गर्दा खर्च भएकाले कम भएको बताए।

ती अधिकारीले आईपिओ निष्काशन गर्दा लागेको खर्च गत आर्थिक वर्षको चौंथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा देखाउन नमिल्ने भएकोले नदेखाइएको र कम्पनीको वार्षिक साधारण सभाको लागि परिस्कृत वित्तीय विवरण प्रकाशन हुँदा ब्यालेन्स सिटमा यो खर्च प्रष्टसंग खुल्ने बताए।

कम्पनीले मुद्धती निक्षेपमा एक अर्ब ३ करोड रुपैयाँ र शेयरमा १४ करोड ४२ लाख रुपैयाँ लगानीबाट गत आर्थिक वर्षमा ४ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले हालसम्म विद्युत बिक्री नगरेको कम्पनीले अन्य आम्दानीहरुबाट सो रकम आर्जन गरेको हो।

 

यस अवधि सम्ममा कम्पनीले प्रशासनिक खर्च वापत ७१ लाख ८३ हजार र ह्रासकट्टीवापत ६० हजार रुपैयाँ गरी ७२ लाख ४४ हजार रुपैयाँ खर्च गरेको छ ।

२ अर्ब १० करोड रुपैयाँ शेयर पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३७ पैसा, प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात ६४.८२ गुणा बढी छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।