बुटवल पावरले यस्तो गर्यो गत आर्थिक वर्षमा प्रगति

Aug 15, 2019 08:54 AM Merolagani



बुटवल पावर कम्पनी(BPCL)ले पनि अघिल्लो आर्थिक वर्ष भन्दा गत वर्ष खुद नाफा बढाएर वित्तीय विवरण प्रकाशन गरेको छ । 

कम्पनीले अघिल्लो वर्ष ५३ करोड खुद नाफा गरेकोमा अहिले त्यो ८० करोड पुगेको देखाईएको छ। गत वर्ष कर तिरेको रकम धेरै हुँदा खुद नाफामा गिरावट देखिएको थियो ।

कम्पनीले बिजुली बिक्रीबाट गरेको आम्दानी स्थिर देखिए पनि अन्य स्रोतबाट आम्दानी बढाएर खुुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

दुई अर्ब ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी पूँजी बढेका कारण ३६.३३ रुपैयाँबाट ३१.८९ रुपैयाँमा झरेको छ । उसको प्रतिशेयर नेटवर्थ ३८९ रुपैयाँबाट २८३ मा झरेको छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।