बुटवल पावरले यस्तो गर्यो गत आर्थिक वर्षमा प्रगति

Aug 15, 2019 08:54 AM Merolagani



बुटवल पावर कम्पनी(BPCL)ले पनि अघिल्लो आर्थिक वर्ष भन्दा गत वर्ष खुद नाफा बढाएर वित्तीय विवरण प्रकाशन गरेको छ । 

कम्पनीले अघिल्लो वर्ष ५३ करोड खुद नाफा गरेकोमा अहिले त्यो ८० करोड पुगेको देखाईएको छ। गत वर्ष कर तिरेको रकम धेरै हुँदा खुद नाफामा गिरावट देखिएको थियो ।

कम्पनीले बिजुली बिक्रीबाट गरेको आम्दानी स्थिर देखिए पनि अन्य स्रोतबाट आम्दानी बढाएर खुुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

दुई अर्ब ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी पूँजी बढेका कारण ३६.३३ रुपैयाँबाट ३१.८९ रुपैयाँमा झरेको छ । उसको प्रतिशेयर नेटवर्थ ३८९ रुपैयाँबाट २८३ मा झरेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।