युनाइटेड मोदीको नाफा ३६ प्रतिशतले बढ्यो

Aug 15, 2019 03:10 PM Merolagani



युनाइटेड मोदी हाइड्रोपावर (NHDL) ले गत आर्थिक वर्षको चौंथो त्रैमासमा ९ करोड एक लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३६ प्रतिशतले धेरै हो। 

अघिल्लो आवमा हाइड्रोले ६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। विद्युत बिक्री मार्फतको आम्दानी बढाउनुका साथै वित्तीय खर्चमा व्यवस्थापन गर्दा हाइड्रोको नाफामा सुधार देखिएको हो ।

यस अवधिमा हाइड्रोले विद्युत बेचेर ३१ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा हाइड्रोले ३० करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

अघिल्लो आवमा १० करोड ७० लाख वित्तीय खर्च गरेको हाइड्रोले गत वर्षको चौथो त्रैमासमा ८ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ।

एक अर्ब १५ करोडको चुक्ता पूँजी स्थिर राखेको हाइड्रोले जगेडा कोषमा ४५.९० प्रतिशतले सुधार गर्दै १० करोड ३९ लाख रुपैयाँ सञ्चित गरेको छ।

यसैगरी हाइड्रोले प्रतिशेयर आम्दानीमा २ रुपैयाँ ७ पैसाले सुधार गरेको छ। अघिल्लो आवमा ५ रुपैयाँ ७७ पैसा प्रतिशेयर आम्दानी रहेको हाइड्रोको प्रतिशेयर आम्दानी गत आवमा ७ रुपैयाँ ८४ पैसा रहेको छ।

हाइड्रोको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ४ पैसा र मूल्य आम्दानी अनुपात १३.९० गुणा बढी छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।