रिडी हाइड्रोपावरको नाफा २३१.५२ प्रतिशतले बढ्यो

Aug 15, 2019 02:15 PM Merolagani



रिडी हाइड्रोपावर (RHPC) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २३१.५२ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा १४ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको हाइड्रोले गत वर्षको चौंथो त्रैमासमा ४६ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

विद्युत बिक्री र अन्य स्रोत मार्फतको आम्दानीमा सुधार हुँदा हाइड्रोको नाफामा बढोत्तरी देखिएको हो।

हाइड्रोले गत आर्थिक वर्षमा विद्युत बिक्री मार्फत् ८५ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष हाइड्रोले विद्युत बिक्री मार्फत् ७५ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको थियो।

यसैगरी अघिल्लो वर्ष अन्य स्रोत मार्फत् ५० हजार २९१ रुपैयाँ आम्दानी गरेको हाइड्रोले गत वर्ष अन्य स्रोत मार्फत् १६ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ५३ करोड ११ लाख १८ हजार रुपैयाँ रहेको हाइड्रोको जगेडा कोषमा ३ करोड ५५ लाख ९६ हजार रुपैयाँ सञ्चित रहेको छ।

हाइड्रोको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३९ पैसाले बढेर वार्षिक ३ रुपैयाँ ५१ पैसा पुगेको छ। हाइड्रोको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात २५.६४ गुणा बढी छ। 




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।