छयाङ्दी हाइड्रोपावरको खुद नाफा करिब ४ प्रतिशतले बढ्यो

Aug 30, 2019 11:12 AM Merolagani



छयाङ्दी हाइड्रोपावर (CHL) ले गत आर्थिक वर्षको चौंथो त्रैमासमा ६९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा हाइड्रोपावरको खुद नाफा ३.९५ प्रतिशत अर्थात २ लाख ६४ हजार रुपैयाँले बढी हो।

अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ६६ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

विद्युत्त बिक्रीको आम्दानी ५ करोड ३१ लाख ७४ हजार रुपैयाँबाट घटेर ५ करोड १४ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा हाइड्रोपावरको विद्युत बिक्रीबाट हुने आम्दानी १७ लाख १९ हजार रुपैयाँले घटेको हो । तर कम्पनीले प्रशासनिक खर्च २७ लाख रुपैयाँ भन्दा बढीले घटाउँदा नाफामा सुधार भएको हो ।

त्यस्तै हाइड्रोपावरले यस अवधिमा ४ करोड २० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २२ लाख रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा हाइड्रोपावरले ४ करोड ४२ लाख रुपैयाँ सञ्चालन नाफा थियो ।

चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोषमा एक करोड ३९ लाख रुपैयाँ सञ्चित छ ।

हाइड्रोपावरले प्रतिशेयर आम्दानी २ रुपैयाँ ५७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ८६ पैसा छ मूल्य आम्दानी अनुपात ३३.८६ गुणा छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।