बरुण हाइड्रोपावर नाफामा, जगेडा कोषमा ११२ प्रतिशत सुधार

Sep 09, 2019 03:39 PM Merolagani



बरुण हाइड्रोपावर (BARUN) ले गत आर्थिक वर्षको चौंथो त्रैमासमा ५ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा साे हाइड्रो ४९ लाख ७१ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो।

विद्युत विक्री मार्फतको आम्दानी घटेपनि गैर–सञ्चालन खर्च व्यवस्थापन गरेसँगै हाइड्रोको नाफामा बढोत्तरी देखिएको हो।

यस अवधिमा हाइड्रोको विद्युत बिक्री मार्फतको आम्दानी १२.०४ प्रतिशतले घटेको छ  अघिल्लो आवमा विद्युत बेचेर २ करोड ९० हजार रुपैयाँ आम्दानी गरेको हाइड्रोले गत वर्षको चौंथो त्रैमासमा १ करोड ७९ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ।

यसैगरी हाइड्रोले गैरसञ्चालन खर्च २ करोड ९ लाखबाट सुधार गरि एक करोड २६ लाख रुपैयाँमा सीमित बनाएको छ।

२५ करोड ५१ लख रुपैयाँ बराबरको चुक्ता पूँजी स्थिर राखेको हाइड्रोले जगेडा कोषमा ११२.१७ प्रतिशतले सुधार गर्दै २ करोड ५९ लाख रुपैयाँ सञ्चित गरेको छ।

हाइड्रोपावरको वार्षिक प्रतिशेयर आम्दानी  १० रुपैयाँ १५ पैसा  र प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ १५ पैसा छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।