युनिलिभर नेपालले गत आर्थिक वर्षमा बढाएर प्रस्ताव गर्यो लाभांश

Sep 05, 2019 03:19 PM Merolagani



युनिलिभर नेपाल (UNL) ले गत आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा बढाएर लाभांश प्रस्ताव गरेको छ। कम्पनीको भदौ १९ गते बिहीबार बसेको १५६ औं सञ्चालक समितिको बैंठकले प्रतिकित्ता ७७० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

  अघिल्लो आर्थिक वर्ष ७०० प्रतिशत लाभांश वितरण गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कम्पनीले प्रतिशेयर ७० रुपैयाा लाभांश बढाएको हो। सो भन्दा अघिल्लो वर्ष आर्थिक वर्ष २०७३/०७४ मा भने कम्पनीले विशेष बोनस १७० रुपैयाँ सहित प्रतिकित्ता १२७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्ष २०७५/०७६ को अन्त्य सम्ममा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु बिक्री गरी एक अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

बिहीबार कम्पनीको  प्रतिकित्ता शेयरमूल्य १९ हजार ४०० रुपैयाँ कायम छ। चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको ११५८ रुपैयाँ ०९ पैसा, नेटवर्थ २५२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.४९ गुणा बढी छ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।