आईपीओ बेचेको पहिलो वर्षमै स्वाभिमान लघुवित्तले बाँड्ने भयो आकर्षक लाभांश

Sep 15, 2019 10:44 AM Merolagani



गत बैशाख २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणमा आईपिओ बिक्री गरेको स्वाभिमान लघुवित्त (SMFBS) ले पहिलो वर्षमा नै शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने भएको छ। 

लघुवित्तको भदौ २६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २४ प्रतिशतले हुन आउने १ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.२७ प्रतिशतले हुन आउने ७ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २५.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बेंकको स्वीकृति र लघुवित्तको आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

 

रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्तले स्वाभिमान माइक्रोफाइनान्सले बैशाख २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणमा एक लाख ९८ हजार ६१० कित्ता आईपिओ बिक्री गरेर जेठ २७ गते शेयर बजारमा सूचीकृत भएको थियो ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ छ। प्रस्तावित २४ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ  पुग्नेछ।

लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोड ५६ लाख रुपैयाँले बढी हो । यस अवधि सम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ७८ पैसा, प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४२ पैसा थियो।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।