आईपीओ बेचेको पहिलो वर्षमै स्वाभिमान लघुवित्तले बाँड्ने भयो आकर्षक लाभांश

Sep 15, 2019 10:44 AM Merolagani



गत बैशाख २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणमा आईपिओ बिक्री गरेको स्वाभिमान लघुवित्त (SMFBS) ले पहिलो वर्षमा नै शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने भएको छ। 

लघुवित्तको भदौ २६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २४ प्रतिशतले हुन आउने १ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.२७ प्रतिशतले हुन आउने ७ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २५.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बेंकको स्वीकृति र लघुवित्तको आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

 

रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्तले स्वाभिमान माइक्रोफाइनान्सले बैशाख २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणमा एक लाख ९८ हजार ६१० कित्ता आईपिओ बिक्री गरेर जेठ २७ गते शेयर बजारमा सूचीकृत भएको थियो ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ छ। प्रस्तावित २४ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ  पुग्नेछ।

लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोड ५६ लाख रुपैयाँले बढी हो । यस अवधि सम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ७८ पैसा, प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४२ पैसा थियो।




पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पुँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।